+
+
Shares

भारतमा एआई र सृजनशीलताका लागि एडोबीले ठूलो लगानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १७:५१

काठमाडौ ।  इन्डिया एआई इम्प्याक्ट समिट २०२६ मा एडोबीका सीईओ शान्तनु नारायणले भारतका लाखौं विद्यार्थीहरूलाई एआई प्रविधिमा दक्ष बनाउन र उनीहरूलाई निःशुल्क सफ्टवेयर उपलब्ध गराउने घोषणा गरेका छन् ।

यो पहलले भारत सरकारको ‘क्रिएट इन इन्डिया’ अभियानलाई प्रत्यक्ष सहयोग पुऱ्याउने छ ।

एडोबीले आफ्ना प्रख्यात सफ्टवेयरहरू जस्तै फोटोसप, फायरफ्लाई र एक्रोब्याट भारतका मान्यता प्राप्त उच्च शिक्षा संस्थाहरूका विद्यार्थीहरूलाई निःशुल्क उपलब्ध गराउने छ ।

यो कदमले सन् २०३० सम्ममा एनिमेसन, भिजुअल इफेक्ट, गेमिङ र कमिक्स  क्षेत्रमा २० लाख रोजगारी सृजना गर्ने भारतीय युनियन बजेट २०२६ को लक्ष्यलाई सघाउने छ ।

यो कार्यक्रम भारतका १५ हजार विद्यालय र ५०० कलेजहरूमा सञ्चालन हुनेछ जहाँ ‘कन्टेन्ट क्रिएटर ल्याब’ स्थापना गरिने छ ।

एडोबीले नास्कम र सूचना प्रविधि मन्त्रालयसँग मिलेर विद्यार्थीहरूलाई मान्यता प्राप्त कोर्ष र प्रमाणपत्रहरू प्रदान गर्नेछ।

समिटमा एडोबीले भारतीय लोककथामा आधारित ‘कथावतार’ नामक पाँचवटा एआई सर्ट फिल्महरू पनि प्रदर्शन गरेको छ ।

यस लगानीले आगामी पुस्तालाई एआई प्रधान करियरका लागि तयार पार्ने छ र विशेषगरी ग्राफिक्स डिजाइन, गेमिङ र भिडियो एडिटिंग जस्ता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत पुऱ्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?