+
+
Shares

‘एनसेल एआईटीएम कार्निभल’ ९ फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १८:१४

८ फागुन, काठमाडौं । एआईटीएम कलेज खुमलटार हाइट्स सातदोबाटोमा ९ फागुनमा ‘एनसेल एआईटीएम कार्निभल’ आयोजना हुँदैछ । युवा लक्षित यो कार्निभललाई एक्स्ट्रिम इनर्जी ड्रिंकले पावर्ड गरेको छ ।

कार्निभलमा गायिका रचना दाहाल र सांगीतिक ब्यान्ड स्वारको आकर्षक प्रस्तुति रहने छ । उनीहरूको लाइभ कन्सर्टसँगै विभिन्न सांगीतिक कार्यक्रम, नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा सहभागी दर्शकका लागि विभिन्न रमाइला खेल, इन्टर्‍याक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कार व्यवस्था गरिएको छ, जसले कार्निभललाई अझ उत्साहपूर्ण बनाउने विश्वास छ ।

कार्निभललाई ईसेवा, जेन्ट्स पार्क र औरा लगायत ब्रान्डले सहयोग गरेका छन् । विभिन्न ब्रान्ड स्टल, प्रमोसनल एक्टिभिटी तथा विशेष अफर समेत कार्निभलको आकर्षण रहने छन् ।

युवा लक्षित सांगीतिक तथा मनोरञ्जनात्मक माहोल सिर्जना गर्दै एआईटीएम कलेजले यस कार्निभल मार्फत विद्यार्थी तथा युवालाई एकै स्थानमा संगीत, उत्साह र अवसरको संगम प्रदान गर्ने उद्देश्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?