News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन रोडिज सिजन-७ उपविजेता रोजिता लामालाई एआईटीएम कलेजले ६ लाख रुपैयाँ बराबर शैक्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
- एआईटीएम कलेजले रोजितालाई आफूले चाहेको कुनै पनि शैक्षिक कार्यक्रममा अध्ययन गर्न सक्ने छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ।
- कलेजका रणनीति तथा विकास प्रमुख सौरव रेग्मीले यो पहलले रोजिताको आत्मविश्वास बढाउने र अन्य युवतीलाई प्रेरणा दिने बताए।
१५ पुस, काठमाडौं । हिमालयन रोडिज सिजन-७ उपविजेता रोजिता लामालाई एआईटीएम कलेजले ६ लाख रुपैयाँ बराबर शैक्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।
शोको ‘आधिकारिक शैक्षिक साझेदार’ रहेको एआईटीएमले ग्रान्ड फिनालेका अवसरमा उक्त घोषणा गर्दै युवा सशक्तीकरण र समावेशी शिक्षाप्रतिको आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको हो ।
कलेजका अनुसार रोजिताले आफूले चाहेको कुनै पनि शैक्षिक कार्यक्रममा यो छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न सक्नेछिन् ।
कलेजका ‘रणनीति तथा विकास प्रमुख सौरव रेग्मीले फिनालेमा उपस्थित भई रोजिताको यात्राको प्रशंसा गरे । ‘एक युवतीले कडा प्रतिस्पर्धाबीच फाइनलसम्मको यात्रा तय गर्नु आफैंमा गर्वको विषय हो,’ उनले भने, ‘विजेता जो भए पनि रोजिताको प्रतिभाको कदर गर्दै उनलाई यो छात्रवृत्ति प्रदान गर्न पाउँदा हामी खुसी छौं ।’
यो छात्रवृत्तिलाई कलेजले केवल आर्थिक सहयोग मात्र नभई नयाँ जीवनको सुरुवात गर्न लागेकी रोजिताका लागि आत्मविश्वासको स्रोत बताएको छ ।
रेग्मीले थपे, ‘यो पहलले रोजिताको आत्मविश्वास बढाउनुका साथै अन्य युवतीलाई पनि चुनौती स्वीकार गर्दै अघि बढ्न प्रेरणा दिने छ ।’
समाजमा महिलाले सीमित भूमिकामात्र निर्वाह गर्न सक्छन् भन्ने परम्परागत सोच तोड्न यस्ता शैक्षिक प्रोत्साहनले मद्दत गर्ने कलेजको विश्वास छ ।
एआईटीएमले यो सहकार्य मार्फत आफूलाई प्रगतिशील शैक्षिक संस्थाका रूपमा उभ्याउँदै शिक्षाद्वारा लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ ।
प्रतिक्रिया 4