+
+
Shares

देश जलाउनेबाट कांग्रेसलाई खतरा छैन : मीन विश्वकर्मा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गरेका छन्।
  • उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै दुष्टका धृष्टताबाट नभई सज्जनको निषेधबाट समाजमा खतरा हुने बताए ।
  • नेता विश्वकर्माले २३ र २४ भदौको घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे ।

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले देश जलाउने लुसिफरहरूबाट कुनै खतरा नरहेको टिप्पणी गरेका छन् ।

मदन–आश्रित प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै नेता विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

दुष्टका धृष्टताबाट नभई सज्जनको निषेधबाट समाजमा खतरामा हुने भनेका उनले देश जलाउने लुसिफर र ठगी गरेर पपुलिजमको खेती गर्नेहरूसँग खासै डर नरहेको जिकिर गरे ।

सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत तथा नेपालको लोकतान्त्रीकरणका लागि संघर्ष गरेका अनेकौं धरोहरहरू जलाउनेहरूले देश बनाउन नसक्ने उनको भनाइ छ ।

उनले पटक पटकका क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धि समूल नष्ट गर्न कुनै कुनाबाट अभियान चालिएको हुन सक्ने भन्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेता–कार्यकर्ता समेत त्यस्तो अभियानको हिस्सा बनिरहेका त छैनन् ? भन्दै आशंका व्यक्त गरे ।

नेता विश्वकर्माले २३ र २४ भदौको घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?