+
+
Shares

पाकिस्तानको घरेलु उत्पादनमा वृद्धि

पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार, आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ।
  • उक्त वृद्धि अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा २.१५ प्रतिशत बढी भएको र यसलाई आर्थिक प्रगतिको गुणात्मक सुधारको रूपमा लिइएको छ।
  • औद्योगिक क्षेत्रले पहिलो त्रैमासिकमा ९.३८ प्रतिशत वृद्धि गरेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ०.१२ प्रतिशत मात्र वृद्धि भएको थियो।

१५ पुस, इस्लामावाद । पाकिस्तानका योजना तथा विकासमन्त्री अहसान इकबालका अनुसार, आर्थिक वर्ष सन् २०२५–२६ को पहिलो त्रैमासिकमा देशको कुल घरेलु उत्पादनमा ३.७१ प्रतिशत वृद्धि भएको छ ।

मन्त्रीका अनुसार उक्त वृद्धि अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा २.१५ प्रतिशत बढी हो र यसलाई देशको आर्थिक प्रगतिको गुणात्मक सुधारको रूपमा लिइएको छ ।

उक्त वृद्धिमा मुख्य योगदान औद्योगिक क्षेत्रले दिएको हो, जुन पहिलो त्रैमासिकमा ९.३८ प्रतिशतले बढेको छ, जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा केवल ०.१२ प्रतिशत वृद्धि भएको थियो ।

मन्त्रीले भने, ‘सन् २०२५ मा आएको बाढीजन्य अवरोध, वित्तीय कडाइ, ऊर्जा अनुदानको अन्त्य र खाद्य महँगीजस्ता चुनौतीहरूका बाबजुद पनि यो आर्थिक उपलब्धि हासिल गरिएको हो ।’ (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?