१५ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा.९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार बिहान दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–२ घर भएका ३० वर्षीय दिपक बजगाईंको मृत्यु भएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4