+
+
Shares

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १५ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा रामेछाप खाँडादेवी गाउँपालिका–३ का अवि श्रेष्ठको मृत्यु भएको छ।
  • बा. प्र. ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ।
  • गम्भीर घाइते श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

१५ पुस, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका अवि श्रेष्ठ छन् । गल्फुटारबाट चक्रपथ तर्फ आउँदै गरेको श्रेष्ठले चलाएको बा. प्र. ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?