८ गते फागुन , बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक सुरज सिंहका अनुसार आज शुक्रबार दिउँसो खाना खान घर गएको समयमा उनी घरमै अचेत अवस्थामा भेटिएको खबर आएपछि प्रहरी टोली पुगेको थियो । अचेत अवस्थामै उनलाई जिल्ला अस्पताल बैतडी पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार शव जिल्ला अस्पतालमा राखिएको छ भने पोस्टमार्टम भोलि मात्रै गरिनेछ । सदरमुकामनजिकै घर भएका वड निर्वाचन ड्युटी सकेपछि घरमै खाना खान जाने गर्दथे ।
यसअघि पनि दशरथचन्द नगरपालिका–४ कै अर्का एक जना निर्वाचन प्रहरीको तालिमका क्रममा घर जाने बेला भीरबाट लडेर मृत्यु भएको थियो ।
प्रतिक्रिया 4