+
+
Shares

साइबेरियालाई ‘एकीकृत विशेष आर्थिक क्षेत्र’को प्रस्ताव गर्न रूसालको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १२:१७

९ फागुन, काठमाडौं । रुसी आल्मुनियम कम्पनी रुसालले सम्पूर्ण साइबेरियाली क्षेत्रलाई एउटै ‘एकीकृत विशेष आर्थिक क्षेत्र’ (एसइजेड) बनाउन प्रस्ताव गरेको छ ।

क्रास्नोयार्स्कमा आयोजित ‘साइबेरिया एक्सप्रेस २०२६’ वैज्ञानिक सम्मेलनमा रुसालका उपाध्यक्ष एलेना बेज्देनेज्निखले यस क्षेत्रको औद्योगिक विकासका लागि यस्तो एकीकृत प्रणाली आवश्यक रहेको बताए ।

हाल रुसमा साना सहर वा निश्चित क्षेत्रमा मात्र सीमित ५९ वटा विशेष आर्थिक क्षेत्रहरू छन्।

रुसालले चीनको मोडल र रुसकै कालिनिनग्राद क्षेत्र जस्तै सम्पूर्ण साइबेरियाली जिल्लालाई एउटै आर्थिक क्षेत्र बनाउन माग गरेको छ।

यो प्रस्ताव लागू भएमा साइबेरियाभरिका उद्योगहरूले विशेष भन्सार सहुलियत, कर छुट र बीमा शुल्कमा भारी कटौती पाउनेछन्।

छुट्टाछुट्टै क्षेत्रमा सानो स्तरमा काम गर्दा कच्चा पदार्थ प्रशोधन र उत्पादनमा समस्या भएकोले, ठूलो क्षेत्रलाई जोडेर ‘प्रोडक्सन चेन’ बलियो बनाउने लक्ष्य राखिएको छ।

हाल साइबेरियामा क्रास्नोयार्स्क (औद्योगिक), तोम्स्क (नयाँ प्रविधि), र बैकाल (पर्यटन) जस्ता अलग-अलग आर्थिक क्षेत्रहरू छन्, जसलाई अब एउटै छातामुनि ल्याउन खोजिएको छ।

यो प्रस्तावले साइबेरियालाई रुसको मात्र नभई विश्वकै एक प्रमुख औद्योगिक केन्द्र बनाउने लक्ष्य राखेको छ। यसले विशेषगरी ठूला उद्योग र वैदेशिक लगानी आकर्षित गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?