+
+
Shares

इरानी सर्वोच्च नेता खमेनीको हत्या गर्ने विकल्पमा काम गर्दै अमेरिका

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते १३:५९

९ फागुन, काठमाडौं । अमेरिकी प्रशासनले इरानका सर्वोच्च नेता अली खमेनी र उनका छोरा मोज्ताबा खमेनीको हत्या गर्ने सैन्य विकल्प बारे विचार गरिरहेको एक्सियोसले रिपोर्ट गरेको छ।

उच्च स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको यो जानकारी अनुसार, अमेरिकाले इरानको नेतृत्व तहलाई नै निशाना बनाउने गरी सैन्य रणनीति तयार पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानतर्फ विशाल सैन्य फौज पठाइएको बताएका छन्। यसबीच अमेरिकाले सैन्य दबाब र कूटनीतिक वार्ता दुवैलाई सँगसँगै अगाडि बढाएको देखिन्छ।

अमेरिकी राष्ट्रपतिलाई बुझाइएको सैन्य विकल्पमा सर्वोच्च नेता खमेनी, उनका सम्भावित उत्तराधिकारी मानिने छोरा मोज्ताबा र अन्य प्रमुख धार्मिक नेताहरूलाई (मुल्लाह) हटाउने प्रस्ताव सामेल छ।

यद्यपि, यस विषयमा अन्तिम निर्णय भने भइसकेको छैन।

अमेरिकाले इरानलाई आणविक प्रशोधन गर्न दिने तर बम बनाउने कुनै पनि बाटो नरहने गरी सम्झौता गर्ने तयारी पनि गरेको छ।

ओमानको मध्यस्थतामा फेब्रुअरी ६ र फेब्रुअरी १७ मा भएका वार्ताहरू सकारात्मक रहे पनि ह्वाइट हाउसले राखेका केही आधारभूत सर्तहरू इरानले अझै स्वीकार गरिसकेको छैन।

राष्ट्रपति ट्रम्पले इरानले आणविक हतियार पूर्ण रूपमा त्याग्नुपर्ने र न्यायोचित सम्झौताका लागि तयार हुनुपर्ने माग राखेका छन् ।

एकातिर कूटनीतिक वार्ताहरू भइरहेका छन् भने अर्कोतिर नेतृत्वमाथि नै हमला गर्ने अमेरिकी सैन्य योजनाले मध्यपूर्वको भू-राजनीतिमा ठूलो हलचल पैदा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?