+
+
Shares

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त  

हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ फागुन ९ गते १४:३७

९ फागुन, गौर । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ ।

भर्खरै गौर नगरपालिका–४ मचकुटिया टोलमा एउटा स्कुटरमा आगजनी भएको छ ।

हालसम्म प्रदर्शनकारीहरूबाट ६ वटा मोटरसाइकल र २ जिपमा आगजनी भएको छ । सेना परिचालनपछि गौरको मुख्य सडक शान्त देखिएपनि भित्री भागहरूको अवस्था अझै तनावग्रस्त छ ।

गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि तनाव सुरु भएको हो । मुस्लिम समुदाय मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको भन्दै विवाद सुरु भएको थियो ।

विवादले गौरको वडा नम्बर ४, ५ र ६ मा झडप समेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यासका सेलहरू प्रहार गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीहरूले केही सवारी साधनमा आगजनी गरेका छ्न् भने घरमा तोडफोड भएका थिए । केही व्यक्ति सामान्य घाइतेसमेत भएको प्रहरीले जनाएको छ ।

थप हिंसा फैलनेसक्ने देखेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश लागु भएको छ ।

प्रशासनको सूचना अनुसार, पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?