+
+
Shares

११ वर्षीय अभिकको ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ लोकर्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ९ गते २१:४०

९ फागुन, काठमाडौं । ११ वर्षीय कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिक गौतमको पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ लोकार्पण गरिएको छ ।

शनिबार ललितपूरमा भएको कार्यक्रममा उक्त कृतिलाई श्रीओम श्रेष्ठ रोदन,प्रमोद प्रधान,छविरमण सिलवाल र स्रष्टा गौतम लगायतले सार्वजनिक गरे ।

प्रमुख अतिथिका  नेपाल स्रष्टा समाजका अध्यक्ष एवं अग्रण निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले ९ बर्षकै उमेरमा उपन्यास तयार पार्नु आफैंमा सानो सफलता नभएको बताए । नेपाली पाठक र साहित्यकारहरुको निम्ति यो गर्वको विषय भएको हुँदा गौतमबाट आफुले अरु कृतिको पनि अपेक्षा गरेको छु ।

विशिष्ठ अतिथि वरिष्ठ साहित्यकार एवं समालोचक प्रमोद प्रधानले कृतिमाथि चर्चा गरे । कृतिमा यात्रा,रोमाञ्च,साहस सबै कुरा आएको छ । यसले दशवर्षसम्मका बालबालिकाहरुलाई कस्तो साहित्य मन पर्छ भन्ने संकेत गर्छ ।

यस्ता कृतिहरू कम आएको अबस्थामा आफ्नो उमेरका बालबालिकाको मनोविज्ञान बुझेर साहित्य सृजना गरेको देखिन्छ । उनले लेखकको कल्पनाशीलता राम्रो रहेको बताए ।

विचित्र जनावर र छुट्टै संसारको निर्माण गरी उपन्यास सृजित भएको भन्दै सञ्चारकर्मी विन्देश दहालले अभिकले आमाको सम्मानभाव प्रकट गरेको पनि बताए ।

सुनकोसी वाङ्मयका प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले बालबालिकाको सृजनालाई महत्व दिने विद्यालय र परिवारप्रति धन्यवाद प्रकट गरे ।

कृतिकार अभिक गौतमले आफुले माया पाएर उत्साहित भएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिए ।

निसर्ग वाटिका विद्यालयका प्रधानाध्यापक मोनिका प्रधान,साहित्यकार भारद्धाज मित्रले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

नियात्राकार प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रम भुँडीपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा साहित्यकार,कृतिकारका परिवारका सदस्यहरु,निसर्ग वाटिकाका शिक्षक,शिक्षिका र विद्यार्थीहरुको बाक्लै उपस्थित रहेको थियो ।

कृतिलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित उक्त उपन्यास अविकले ९ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए र सन् २०२५ जुनमा प्रारम्भिक मस्यौदा पूरा गरेका थिए । साहसिक तथा कल्पनाशील कथामा आधारित यस कृतिले जिज्ञासा, साहस र अनपेक्षित यात्रामार्फत जीवन रूपान्तरणका विषयलाई उजागर गरेको छ ।

कार्यक्रममा वक्ताहरूले कम उमेरमै देखिएको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुतीको प्रशंसा गर्दै बालबालिकामा पठनसंस्कृति र सिर्जनशीलताको प्रवर्द्धनका लागि यस्तो पहल प्रेरणादायी रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?