+
+
Shares

विश्वभरका नेपालीलाई एकै ठाउँ जोड्ने उद्देश्यले ‘यूनेपाल’ एप निर्माण

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली युवाहरूले विश्वभर छरिएका नेपालीहरूलाई जोड्ने उद्देश्यले यूनेपाल एप निर्माण गरेका छन्।

१० फागुन, काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यले नेपाली युवाको सक्रियतामा यूनेपाल एप निर्माण गरिएको छ । मनोज भट्टराई र सरोज चौलागाईं लगायतका युवाहरूले यो एप निर्माण गरेका हुन् ।

फेसबुक र इन्स्टाग्राम जस्तै प्रयोगमैत्री डिजाइनमा एप तयार गरिएको एप निर्माणमा संलग्न सरोज चौलागाईं ले जानकारी दिए । ठूला अन्तर्राष्ट्रिय सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्नेभन्दा पनि देश तथा विदेशमा रहेका नेपाली समुदायलाई एकजुट गर्ने साझा डिजिटल चौतारी निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

चौलागाईंका अनुसार युनेपाल एपमा रोजगारी खोज्न वा दिन, सामान किनबेच गर्न, कोठा खोज्न वा भाडामा लगाउन, सूचना–समाचार, विभिन्न घटना तथा कार्यक्रमबारे जानकारी आदानप्रदान गर्न सकिने सुविधा रहेको छ । साथै प्रयोगकर्ताले फोटो तथा भिडियो पोस्ट गर्न, लाइक–कमेन्ट गर्न र नजिकका साथीहरूसँग कनेक्ट हुन सक्ने विशेषता पनि छ ।

एपले साना तथा मध्यम व्यवसायलाई समेत अनलाइन माध्यमबाट प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास युवाहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?