+
+
Shares

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १० गते २१:०९

१० फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका पदाधिकारीलाई सम्बन्धित पालिकाभित्र दलीय चुनावी प्रचारमा नहिंड्न आग्रह गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचार प्रसारमा सहभागी भएको उजुरी तथा गुनासो प्राप्त भएको जानकारी दिएका छन् ।

यस विषयमा निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचनमा स्वतन्त्रता, स्वच्छता निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख सबै जिम्मेवार हुनुपर्ने बताएको हो ।

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्वन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् ।

अन्यथा आचारसंहिता विपरीत हुने आयोगले जनाएको छ ।

‘निर्वाचन आधारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन सचेत गराउँदछ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

साथै, सबै स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पदको मर्यादा, तटस्थता तथा कानुनी दायित्वत्वलाई मनन गर्दै आचारसंहिता विपरीत हुने कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार गतिविधिमा संलग्न नहुन पनि आयोगले निर्देश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?