+
+
Shares

ओलीको जिकिर– मैले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १५:२७

११ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश ड्राइभरबिनाको गाडीजस्तो बन्ने जिकिर गरेका छन् ।

सोमबार झापा–५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले जति पटक आफूले सरकार छाड्यो त्यतिबेला देशमा कुनै काम नहुने बताए ।

आफूले सरकारको नेतृत्व गर्नासाथ व्यापक काम हुने र त्यो देशेपछि विरोधीहरू थर्कमान हुने ओलीको जिकिर छ ।

‘मैले काम गर्न थाल्छु, काम व्यापक भएको देखेपछि विरोधीहरू थर्कमान हुन्छन् । भूमिगत गिरोह पनि थर्कमान हुन्छ,’ ओलीले भने, ‘त्यो काम रोक्नका लागि मलाई सरकारबाट हटाउने रे । काम रोकिन्छ, काम बन्द हुन्छ, फेरि म आउन पर्छ ।’

उनले थप व्याख्या गर्दै भने, ‘अनि म फेरि सरकारको नेतृत्वमा फर्कन्छु, काम अघि बढ्छ । मलाई सरकारबाट हटाएपछि ड्राइभरबिनाको गाडिजस्तो हुन्छ देश । म सरकारमा आउनेबित्तिकै देश कुद्छ । मैले सरकार छाडेपछि देश जहाँको त्यहीँ बस्छ । केही हुनेवाला छैन ।’

कतिपयले आफूलाई किन उम्मेदवार बन्नुभएको ? भनेर प्रश्न गरेको बताउँदै अधुरा काम पूरा गर्नका लागि भएको बताए ।

‘कतिपयले मलाई सोध्ने गर्छन्, तपाईंले धेरै काम गर्नुभएको छ, यति धेरै विकास गर्नुभएको छ, अब फेरि किन उम्मेदवार हुन पर्‍यो र ? काम धेरै भएको छ, तर अझै धेरै गर्नुपर्ने छ । अधुरा काम गर्नुपर्ने छ । त्यसकारण हो,’ ओलीले जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?