News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र नेपाल पुलिस क्लबबीचको खेलको पहिलो दिन पुलिसले ५ विकेट गुमाएर १७९ रन बनाएको छ।
- एपीएफले ६३.४ ओभरमा १८५ रन बनाएको थियो र पुलिस ६ रनले पछि छ।
- पुलिसका लागि दिल्साद अलीले अर्धशतक बनाए भने ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए।
११ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच कीर्तिपुरमा भइरहेको खेलको पहिलो दिन सकिँदा पुलिस अग्रताको नजिक पुगेको छ ।
एपीएफले बनाएको १८५ रनको योगफल पछ्याइरहेको पुलिसले दिनको समाप्तिमा ५ विकेट गुमाएर १७९ रन बनाएको छ र ६ रनले मात्र पछाडि छ ।
पुलिसका लागि दिल्साद अलीले अर्धशतक बनाएर आउट भए भने शंकर राना ४८ रन बनाएर खेलिरहेका छन् । अमित श्रेष्ठले ४१ रन बनाए । कुशल भुर्तेलले २२ रन बनाए ।
एपीएफका लागि इर्साद अहमद, अभिशेष गौतम, युवराज खत्री, अमरसिंह राउटेला र सन्दीप जोराले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफ ६३.४ ओभर खेलेर १८५ रनमा अलआउट भएको थियो । सुमित महर्जनले ५५ रन बनाए । कप्तान रोहित पौडेलले ४५ रन बनाए ।
दीपक बोहराले २८, युवराज खत्रीले १६, आसिफ शेखले १२, सन्दीप जोराले १० रन बनाए ।
पुलिसका ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए ।
प्रतिक्रिया 4