+

सेस्कोको गोलमा युनाइटेडले एभर्टनलाई हरायो

२०८२ फागुन  १२ गते ७:४२ २०८२ फागुन १२ गते ७:४२
सेस्कोको गोलमा युनाइटेडले एभर्टनलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • म्यान्चेस्टर युनाइटेडले बेन्जामिन सेस्कोको एकमात्र गोल मद्दतमा एभर्टनलाई १-० ले हराएको छ।
  • युनाइटेडले २७ खेलमा ४८ अंकसहित चौथो स्थानमा उक्लिएको छ।
  • नयाँ प्रशिक्षक माइकल क्यारिक नियुक्त भएपछि युनाइटेडले पछिल्ला ६ खेलमा ५ जित र १ बराबरीको नतिजा निकालेको छ।

१२ फागुन, काठमाडौं । बेन्जामिन सेस्कोको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ ।

सोमबार राति एभर्टनको मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले एभर्टनलाई १-० ले हराएको हो ।

खेलको ७१औं मिनेटमा सेस्कोले ब्रायन एम्बेउमोको असिस्टमा गोल गरेका थिए । त्यही गोल युनाइटेडलाई जिताउन पर्याप्त रह्‍यो ।

जितपछि २७ खेलमा ४८ अंक भएको युनाइटेड चौथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन ३७ अंकसहित नवौं स्थानमा छ ।

नयाँ प्रशिक्षक माइकल क्यारिक नियुक्त भएपछि युनाइटेड पछिल्ला ६ खेलमा अपराजित छ । युनाइटेडले ५ जित र १ बराबरीको नतिजा निकालेको छ ।

इंग्लिस प्रिमियर लिग एभर्टन म्यान्चेस्टर युनाइटेड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय