+

फिफा सिरिज २०२६ को तालिका सार्वजनिक, नेपाली महिला टोलीले एक सिरिज खेल्ने

२०८२ फागुन  १२ गते १२:३६ २०८२ फागुन १२ गते १२:३६
फिफा सिरिज २०२६ को तालिका सार्वजनिक, नेपाली महिला टोलीले एक सिरिज खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ।
  • नेपालले महिलातर्फ थाइल्यान्डमा हुने चार देश सहभागी सिरिजमा अप्रिल १२ मा कंगोसँग खेल्नेछ।
  • सिरिजमा थाइल्यान्ड, नेपाल, कंगो र ओसियाना फुटबल कन्फेडरेसनबाट आउने अर्को देश सहभागी हुनेछ।

१२ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले फिफा सिरिज–२०२६ को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार नेपालले महिलातर्फ एक सिरिज खेल्नेछ ।

थाइल्यान्डमा हुने सिरिज आगामी अप्रिलमा हुनेछ । ४ देश सहभागी सिरिजमा नेपालले अप्रिल १२ मा कंगोसँग खेल्नेछ । सिरिजमा थाइल्यान्ड, नेपाल र कंगोसहित अर्काे एक देशले प्रतिस्पर्धा गर्नेछन् ।

ओसियाना फुटबल कन्फेडरेसनबाट सहभागी हुने उक्त देशको टुंगो लाग्न बाँकी छ ।

दोस्रो खेल नेपालले अप्रिल १५ मा हुने तालिका छ । उक्त खेलको प्रतिस्पर्धी भने पहिलो खेलको नजिताले निर्भर गर्नेछ । पहिलो खेलमा हार्ने दुई टोली र जित्ने दुई टोली छुट्टाछुट्टै एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।

फिफा सिरिज–२०२६ मा नेपाली पुरुष टोलीको भने कुनै खेल समावेश गरिएको छैन ।

नेपाली महिला फुटबल टोली फिफा सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय