+
+
Shares

जंगली बँदेल पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा

सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेल लखेट्न तथा पक्रन सहज गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ।
  • वन तथा वातावरण मन्त्रालयले जंगली बँदेललाई लखेट्न तथा पक्रन सहज बनाउन राजपत्रमा सूचना प्रकाशित गरेको छ।
  • जंगली बँदेलले निजी खेतमा क्षति पुर्‍याएमा विनाअनुमति धपाउन, लखेट्न वा मार्न सकिने व्यवस्था गरिएको छ।

१२ फागुन, काठमाडौं । सरकारले जंगली बँदेललाई पुनः एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै जंगली बँदेल लखेट्न तथा पक्रन सहज गरेको हो ।

कृषि हानिकारक वन्यजन्तु घोषणा भएसँगै जंगली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्था आएमा तोकिएको सर्तको अधिनमा रही विनाअनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सकिनेछ ।

यो सूचनाले दिएको सहजीकरणमा सानो जातको बँदेललाई भने नसमेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएमा किसान एक्लै वा सामुहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिने भएको छ ।

बँदेल पक्रिएमा त्यसलाई सम्बन्धित राष्ट्रिय निकुन्ज, शिकार आरक्ष, वन्यजन्तु आरक्ष वा वन कार्यालयमा बुझाउनु पर्ने भएको छ । सो क्रममा बँदेलको ज्यान गएमा भने वडाका एक प्रतिनिधि र ५ स्थानीयको रोहवरमा मुचुल्का उठाई गाड्न तथा तौलको आधारमा मूल्य तोकी सो रकम राजस्व खातामा दाखिला गरी वडाभित्र (व्यापारिक प्रयोजन बाहेक) प्रयोग गर्न सकिने गरी तोकिएको छ ।

यसको सबै जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने छ । यसको विवरण तोकिएको निकायले राख्नु पर्ने छ । यद्यपी निकुन्ज वा आरक्षण र वन क्षेत्रमा पसेर यस्ता जनावर मार्न, पक्रन वा लखेट्न निषेध गरिएको छ । यसअघि सरकारले रातो बाँदरलाई समेत कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?