+
+
Shares

११ अवस्थामा हुन्छ मत बदर

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १३:१७

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले विभिन्न ११ अवस्थामा मत बदर हुने बताएको छ ।

मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि निर्वाचन आयोगमा कल सेन्टर छ । निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ ।

यसैमा फोन गरेर मतदाताले कस्तो कस्तो अवस्थामा मत बदर हुन्छ ? भनेर सोधेका छन् । जवाफमा आयोगले ११ वटा अवस्था औंल्याएको हो ।

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा,

२. निर्वाचन आयोगले राखेको मसी र स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मतसंकेत गरेमा वा ‍औँठा छापबाट मत संकेत गरेमा,

३. मतपत्रमा संकेत चिह्न नबुझिने गरी लतपतिएको वा मतपत्र च्यातिएमा,

४. उम्मेद्वारको निर्वाचन चिह्न रहेको कोठामा मतसंकेत नगरी अन्यत्र मतसंकेत गरेमा,

५. निर्वाचित गर्नुपर्ने सिट संख्याभन्दा बढी उम्मेदवारलाई मतसंकेत गरेमा,

६. एकभन्दा बढी निर्वाचन चिह्नमा मतसंकेत गरेमा,

७. मतसंकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको मतपत्र,

८. कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मतसंकेत नगरेमा,

९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्यद्वारा मतदान गरेको पाइएमा,

१०. मतपेटिका भन्दा बाहिर राखिएको मतपत्रको मत,

११. जाली मतपत्र वा आयोगले बदर हुने भनी तोकेको मतपत्र पाइएमा ।

यी ११ वटा अवस्थालाई ख्याल गरेर मतदान गर्न आयोगले आग्रह गरेको छ । आयोगले भनेको छ, ‘मतपत्र प्राप्त गरेपछि आफूले चाहेको उम्मेदवारको चिह्न भएको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाई मतदान गर्नुपर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?