+
+
Shares

तस्बिरहरूमा हेर्नुहोस्, १५० वर्षअघिको भारत कस्तो थियो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्रिटिश साम्राज्यका लागि १९औं शताब्दीको उत्तरार्धमा भारतलाई बुझ्न फोटोग्राफी सबैभन्दा प्रभावकारी माध्यम बन्यो।

१९औं शताब्दीको उत्तरार्धमा भारतलाई जान्न र यसलाई विभिन्न तरिकाले वर्गीकरण गरेर बुझ्न ब्रिटिश साम्राज्यका लागि सबैभन्दा प्रभावकारी माध्यम फोटोग्राफी बन्यो ।

त्यसबेलाका केही फोटोहरू अहिले भारतको दिल्लीस्थित आर्ट ग्यालेरी डीएजीमा ‘टाइपकास्टिङ: फोटोग्राफिङ द पिपुल्स अफ इन्डिया, १८५५-१९२०’ नाम दिएर प्रदर्शनीमा राखिएका छन् ।

यस प्रदर्शनीमा त्यस समयका करिब २०० दुर्लभ तस्बिरहरू देख्न सकिन्छ । जसमा उत्तर-पूर्वका लेप्चा र भुटिया समुदायदेखि उत्तर-पश्चिमका अफ्रिदीसम्म, नीलगिरीका टोडादेखि पश्चिम भारतका पारसी र गुजराती कुलीन वर्गसम्मका तस्बिरहरू रहेका छन् ।

इतिहासकार सुदेशना गुहाले क्युरेट गरेको यो प्रदर्शनीमा स्यामुअल बर्न, लाला दिन दयाल, जोन बर्क र स्टुडियो शेफर्ड एण्ड रबर्टसन जस्ता फोटोग्राफरहरूका एलबुमिन र सिल्भर-जिलेटिन प्रिन्टहरू छन् । यी फोटोहरूले त्यसब‍ेलाको भारतिय समाजलाई बुझ्न समेत सहयोग गर्छ ।

प्रदर्शनीका केही छानिएका तस्बिरहरू यहाँ छन्:

१८९० मा बम्बईमा सुकेको गोबरका चक्लाहरू बोकेर हिँडिरहेका महिलाहरूको यो तस्बिर एडवर्ड टोरिन्सले खिचेका थिए ।
खैबर दर्रामा रहेका अफ्रिदीहरूको समूहको यो तस्बिर १८६२ मा चार्ल्स शेफर्डले खिचेका थिए । यसले अफगान सीमामा बस्ने पश्तून जनजातिलाई चित्रण गर्दछ, जसलाई बेलायतीहरूले ‘धेरै स्वतन्त्र’ भनेर वर्णन गरेका थिए।
चट्टान काटेर बनाइएको महाराष्ट्रको प्राचीन मन्दिरमा बाजा बजाउँदै एक समूह । चार्ल्स स्कटले खिचेको यो तस्बिर कुन समयको हो भन्ने यकीन छैन ।
१९ औं शताब्दीको अन्त्यतिर सिंगापुरमा रहेको एक भारतीय परिवार ।
१८९० मा युवा भुटियाहरूको समूह । यस एल्बममा सिक्किम, भुटान र तिब्बतका मानिसहरूका तस्बिरहरू छन् । यो ब्रिटिश शासन बाहिरका क्षेत्रहरू थिए । लेप्चा, भुटिया र तिब्बतीहरूका यी तस्बिरहरू बेन्जामिन सिम्पसनले खिचेका थिए ।
महिलाहरूको यो तस्बिर २० औं शताब्दीको सुरुवातमा बम्बई (अहिले मुम्बई) का पहिलो युरोपेली फोटोग्राफरहरू मध्ये एक एडवर्ड टोरिन्सले खिचेका थिए । उनले पश्चिमाहरूका लागि भारतको फोटो खिचेका थिए ।
भारतको एक गल्लीमा देखिएको दृश्य । पोटो खिच्ने व्यक्ति र समय अज्ञात छ ।

 

१८५ तिर खिचिएको मुम्बईमा दुई युवतीको तस्बिर ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?