+
+
Shares

चलचित्र संग्रहालयको औपचारिक सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १९:५७
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले नेपाली फिल्मको इतिहास, कला र प्रविधि संरक्षणका लागि चलचित्र संग्रहालयको औपचारिक सुरुवात गरेको छ।
  • संग्रहालयमा ऐतिहासिक क्यामेरा, क्यासेट, पोस्टर, स्क्रिप्ट लगायतका सामग्री हस्तान्तरण गरिएको छ।
  • बोर्ड अध्यक्ष दिनेश डीसीले संग्रहालयलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियान र अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको बताए।

काठमाडौं । नेपाली फिल्मको इतिहास, कला र प्रविधिलाई आगामी पुस्तासम्म सुरक्षित रूपमा संरक्षण गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले ‘चलचित्र संग्रहालय’ को औपचारिक सुरुवात गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा संग्रहालयको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा फिल्मकर्मी तथा विभिन्न संस्थाले ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजात हस्तान्तरण गरेका थिए । सामाग्री उपलब्ध गराउने व्यक्ति तथा संस्थालाई सम्मान गरियो ।

सिने फोकस प्रालिले रेड क्यामेरा हस्तान्तरण गरेको छ । क्लासिक सिने युनिभर्स प्रालिले सोनी एक्स-थ्री क्यामेरा उपलब्ध गराएका छन् । दृश्य सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक क्यामेरा, सोनी कलर मोनिटर, नेसनल पानासोनिक ५४३ क्यासेट टेप, साउन्ड/भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन् ।

म्युजिक नेपाल प्रालिले १५२ वटा नेपाली फिल्मका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन् । ओएसआर डिजिटलले चलचित्र आर्टवर्क उपलब्ध गराएको छ ।

रेडियो कान्तिपुरले ३४४ वटा फिल्मका क्यासेट तथा अडियो सिडी हस्तान्तरण गरेको छ । दर्शनबीर शाक्यले नेपाल भाषाका ८० फिल्मका पोस्टर उपलब्ध गराएका छन् ।

हाईलाईट्स नेपाल प्रालिले २०२ वटा फिल्मका आर्टवर्क प्रदान गरेको छ ।
आइडियल डिजाईनर्सले १४६ फिल्मका पोस्टर उपलब्ध गराएका छन् । मन्दिल श्रेष्ठ र गौरीशंकर धुजुले ऐतिहासिक क्यामेरा तथा ट्राइपोड प्रदान गरेका छन् ।

लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका छन् । छायांकार पुरुषोत्तम प्रधानले आफू सम्बद्ध ६३ फिल्मका पटकथा पुस्तक उपलब्ध गराएका छन् ।

दर्शक खुमराज पौडेलले ७०४ वटा फिल्मका पोस्टर हस्तान्तरण गरेका छन् । बोर्ड अध्यक्ष दिनेश डीसीले स्वदेशी चलचित्र सङ्ग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे ।

‘नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,’ अध्यक्ष डीसीले भने ।

उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको धारणा व्यक्त गरे । संग्रहालयलाई डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी उनले दिए ।

बोर्डले आगामी दिनमा थप चलचित्रकर्मी, संस्था तथा निजी संग्रहकर्तासँग सहकार्य गर्दै म्युजियमलाई व्यवस्थित र समृद्ध बनाउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?