+
+
Shares

आमा र माटोलाई समर्पित गर्दै नीताले ल्याइन् ‘ताते गर्दै’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते २०:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका नीता आचार्यले नयाँ गीत ‘ताते गर्दै’ युट्युबमा सार्वजनिक गरेकी छन्।
  • गीत आमा र माटोलाई समर्पित छ र विश्व साइकलयात्री पुस्कर शाहको शब्द रहेको छ।
  • गीतको छायांकन प्रताप सिंहले गरेका हुन् र निर्देशन किरण श्रेष्ठले गरेका छन्।

काठमाडौं । डायस्पोरामा बसेर नेपाली गीत-संगीतप्रति समर्पित गायिका नीता आचार्यले नयाँ गीत ‘ताते गर्दै’ युट्युबमा सार्वजनिक गरेकी छन् । आयोजित समारोहमा गीत सार्वजनिक गरियो ।

यो गीत आमा र माटोलाई समर्पण गरिएको छ । विश्व साइकलयात्री पुस्कर शाहको शब्द रहेको गीतमा शिशिर योगीले सङ्गीत भरेका छन् ।

काठमाडौँ र मकवानपुरको सुन्दर दृश्य समेटिएको गीतको छायांकन प्रताप सिंहले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन किरण श्रेष्ठको छ ।

भिडियोमा तेरेसा क्षेत्री, सुनिता श्रेष्ठ, क्रिस्मिला केसी, श्रीजेन तामाङ र दिनेश घतानीको अभिनय छ ।

गायिका आचार्य बिगत ३ दशकदेखि अमेरिकालाई कर्मथलो बनाएर पनि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय छिन् । उनका अन्य दर्जनौ गीतले यसअघि पनि नेपाली गीत–संगीतमा राम्रो छाप छाडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?