+
+
Shares

नेपाली कांग्रेसभित्र एकता कायम छ, निर्वाचनमा बहुमत ल्याउँछौं : निधी

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन्।
  • निधीले कांग्रेसमा नयाँ जोश र ऊर्जा देखिएको र गगनकुमार थापाको नेतृत्व सकारात्मक रहेको उल्लेख गरे।
  • उनले कांग्रेसमा आन्तरिक एकता रहेको र पार्टीले बहुमत प्राप्त गर्ने पूर्ण विश्वास व्यक्त गरे।

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र अहिले कुनै विवाद र मतभेद नरहेको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका नेता निधीले कांग्रेसमा अहिले नयाँ जोश र ऊर्जा देखिएको बताएका हुन् ।

`अहिलेको अवस्था राम्रो छ, जनकपुरको फागुन ६ गतेको आमसभाबाट पनि तपाईंले थाहा पाउनु भयो होला, यति विशाल आमसभा भयो । धेरै राम्रो सन्देश त्यो आमसभाले दिएको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको छ,´ निधीले भने, `हामी बदलियौँ, देश बदल्छौँ र देश सम्हाल्छौँ भन्ने गगनकुमार थापाको युवा ऊर्जा देखिएको छ। यसलाई मैले सकारात्मक रुपमा लिएको छु । यसले राम्रो प्रभाव परेको छ ।´

उनले अहिले नेपाली कांग्रेसमा देशभर एकता रहेको पनि दाबी गरे । `एउटा कुरा मैले देखिरहेको छु, अहिले कांग्रेसमा आन्तरिक एकता रहेको छ। कांग्रेसको उम्मेदवारहरूको जसरी चयन भएको छ र देशको राजनीतिक अवस्था जसरी जनताले बुझेका छन्,’ उनले भने । यी सबैका आधारमा म के भन्न सक्छु भने कांग्रेसले बहुमत प्राप्त गर्छ। बहुमतबाट नेपाली कांग्रेसको सरकार बन्छ भन्ने मेरो पूर्ण विश्वास छ।´

बाँकी रहेका आन्तरिक मतभेदलाई मत्थर पार्न आफैँले पनि प्रयास गरिरहेको निधीको भनाइ छ । `आन्तरिक मतभेदलाई म आफैँ पनि रुची लिएर समेट्ने कोसिस गरिरहेको छु, जसमा सफलता पनि पाएको छु´ निधीले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?