+
+
Shares

अब धेरै बोल्दिनँ, बोल्नेभन्दा काम गर्ने दिन आइसक्यो : लामिछाने

‘म धेरैबेर बोल्दिनँ, किनभने अब बोल्ने भन्दा गर्ने दिन आउन लागिसक्यो,’ लामिछानेले भने, ‘अब कति नै दिन बाँकी छ र ! काम गर्ने दिन आउँदैछन् साथीहरू, काम गर्ने ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १८:४६

१३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब आफू धेरै नबोल्ने बताएका छन् । बुधबार महोत्तरीको बर्दिवासमा समर्थकहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्ना गर्ने दिन आएको भन्दै अब कम बोल्ने बताएका हुन् ।

‘म धेरैबेर बोल्दिनँ, किनभने अब बोल्ने भन्दा गर्ने दिन आउन लागिसक्यो,’ लामिछानेले भने, ‘अब कति नै दिन बाँकी छ र ! काम गर्ने दिन आउँदैछन् साथीहरू, काम गर्ने ।’

अब जनताका लागि काम गर्ने जनताको सरकार आउन लागेको उनले दाबी गरे ।

‘जनताको सरकारका लागि तपाईँहरू तयार हो कि होइन ? तपाईँहरू यत्ती बताउनुहोला,’ लामिछानेले भने ।  यसपटक इतिहास लेख्ने हो भने समानुपातिक र प्रत्यक्ष दुवैमा रास्वपाका उम्मेदवारलाई मत दिन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?