+
+
Shares

गुल्मीका ९ स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १३ गते १४:१६

१३ फागुन, गुल्मी । गुल्मी जिल्लाका ९ स्थानीय सरकारले मगर दिवसको अवसरमा शुक्रबार अर्थात १५ फागुनमा सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रुरुक्षेत्र, गुल्मीदरबार, छत्रकोट, मालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।

१२ वटा स्थानीय तह रहेको गुल्मीमा ९ वटा स्थानीय सरकारले ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।

सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?