News Summary
Generated by OK AI. Editorially reviewed.- रिजलाइन इनर्जीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो।
- २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएकोमा १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
- कम्पनीको २० प्रतिशत सेयर सर्वसाधारण समूहको र ८० प्रतिशत संस्थापक समूहको हिस्सा रहेको छ।
१४ फागुन, काठमाडौं । रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भएको छ । आम सर्वसाधारणका लागि कम्पनीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
सेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बिहीबार आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीमा २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
आईपीओको नतिजा अनलाइन प्रणालीमा केही बेरपछि हेर्न सकिनेछ ।
करिब २४ लाख १९ हजारको हात रित्तो भएको छ । कम्पनीमा २० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ८० प्रतिशत संस्थापक समूहको हिस्सा रहेको छ ।
यस कम्पनीले गोरखामा ९ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4