+
+
Shares

विराट फिल्म एन्ड म्युजिक अवार्ड : केकी र विजय उत्कृष्ट फिल्म कलाकार

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १४:२१
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको छ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा प्रमुख अतिथिको रुपमा समारोहमा सहभागी भएका थिए।
  • फिल्म र संगीतका ३५ विधामा अवार्ड वितरण गरिएको थियो, जसमा संगीततर्फ २४ र फिल्मतर्फ १२ विधा थिए।

काठमाडौँ । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

समारोहमा फिल्म र संगीतका विभिन्न ३५ विधामा अवार्ड वितरण गरियो । संयोजक सुरज पौडेलका अनुसार यसवर्ष सङ्गीततर्फ २४ विधा र फिल्मतर्फ १२ विधामा अवार्ड प्रदान गरिएको हो ।

सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित अवार्डमा २०८१ सालमा रिलिज भएका फिल्म र संगीतले प्रतिस्पर्धा गरेका थिए । अवार्ड कार्यक्रममा चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।

दीर्घसाधना सम्मान अभिनेता तथा निर्देशक शुभाष गजुरेललाई २५ हजार ५५५ सहित पुरस्कृत गरियो । पत्रकार कृष्ण भट्टराइलाई नगद ११ हजार १११ सहित पत्रकारिता पुरस्कार प्रदान गरियो । अध्यक्षता आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले गरेका थिए ।

फिल्मतर्फ विजेता सूची :

१. फिल्म– सतीदेवी
२. निर्देशक– मिलन चाम्स (अञ्जिला)
३. अभिनेता– विजय वराल (पूर्णबहादुरको सारंगी)
४. अभिनेत्री– केकी अधिकारी (बोक्सीको घर)
५. सह–अभिनेत्री– सृजना अधिकारी (सतीदेवी)
६. छायाँकार– पुरुषोत्तम प्रधान (पिताम्बर)
७. सम्पादक– सन्देश शाह (ज्वाइँ साब)

८. संगीतकार– आशिष अविरल (पूर्णबहादुरको सारंगी)
९. सह–अभिनेता– कामेश्वर चौरसिया (फेरी रेशम फिलिली)
१०. पटकथा तथा संवाद– लक्ष्मण सुवेदी (सतीदेवी)
११. रंग संयोजन– राजेन्द्र मोक्तान (अञ्जिला)
१२. प्रोत्साहन अवार्ड बालकलाकार – मञ्जिल बानियाँ र हर्षिका ओली (सतीदेवी)

संगीततर्फ विजेता :

१. गायक आधुनिक– रुद्रशेखर शर्मा (के छ सान्नानी)
२) जुरी अवार्ड– शशीविक्रम थापा (तिम्रै कारण)
३) गायिका आधुनिक– अञ्जु पन्त (थाहै थिएन दिल)
४) संगीतकार– मनोज चौलागाइँ
५) गीतकार आधुनिक– प्रतिमा गुरुङ (न जिउन सकेँ, न मर्न सकेँ)
६) जुरी अवार्ड– सरिता सापकोटा (बेखबर)

७) मोडल आधुनिक मेल– माधव केसी (अजम्बरी माया)
८) जुरी अवार्ड – आर्यन राउत (पिर पर्‍या छ)
९) पब्लिक च्वाइस अवार्ड– इश्वर वल्लभ उप्रेती (आदत बन्यौ)
१०) आधुनिक फिमेल– नेहा गौतम (तिम्रो झझल्को)
११) मेकअप आर्टिस्ट– प्रिया नगरकोटी (मेरो घरको मुन्तिर)
१२) म्युजिक भिडियो निर्देशक– राजेन्द्र बस्नेत (मेरो घरको मुन्तिर)

१३) जुरी अवार्ड– विनयराज पौडेल (हेर्दा हेर्दै)
१४) छायाँकार म्युजिक भिडियो– मदन काश्यप घिमिरे (अजम्बरी माया)
१५) गीतकार पप– अनुप महर्जन (अँध्यारो रातमा)
१६) गायन लोक– चन्द्र लामा (मुटुमा बसेकी माया)
१७) छायाँकार पप भिडियो– मिलन थापा ‘शान्त’ (अँध्यारो रातमा)

१८) मोडल भोजपुरी– सद्दाम हुसेन (कमर धके)
१९) गीतकार गजल– तुलाराम लामिछाने (समय खराब छ)
२०) कोरियोग्राफर म्युजिक भिडियो- सुरेश पाण्डे (जवानीले पोल्यो)
२१) गायक (लोक पप)– दिनेश भारती (चन्द्रकुमारी)

२२) भाषाभाषी चलचित्र तलासबाट उत्कृष्ट अभिनेता– राजकुमार लिङ्देन
२३) उत्कृस्ट मोडल भाषा भाषी गीत– विपना आङ्ग्वुहाङ्ग (सुँगुरको मासुमा)
२४) निर्देशक भाषाभाषी चलचित्र – दिनेश लिङ्देन (दुस्प्रयास)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?