News Summary
Generated by OK AI. Editorially reviewed.- खानी तथा भूगर्भ विभागले धातुजन्य खनिज पदार्थको खोजतलासका लागि अधिकतम ३५ वर्ग किलोमिटर क्षेत्रमात्र अनुमति दिने निर्णय गरेको छ।
- विद्यमान नियमावली २०५६ अनुसार खोजतलास क्षेत्र ०.२५ देखि २५० वर्ग किलोमिटरसम्म तोकिन सक्ने अधिकार छ।
- विभागका जियोलोजिष्ट प्रफुल्ल ताम्राकारले ठूलो क्षेत्रफलमा खोजतलास माग गर्ने प्रवृत्ति बढेको र यसलाई रोक्न क्षेत्र सीमित गरिएको बताए।
१४ फागुन, काठमाडौं । धातुजन्य खनिज पदार्थको अन्वेषण र खोजतलासका नाममा जग्गा ओगट्ने प्रवृत्ति बढेसँगै सरकारले अंकुश लगाएको छ ।
खानी तथा भूगर्भ विभागले यस्ता खानीको खोजतलास गर्दा अब अधिकतम ३५ वर्ग किलोमिटरभन्दा बढी क्षेत्र माग गर्न नपाउने गरी अंकुश लगाएको छ । विभागका अनुसार विद्यमान खानी तथा खनिज पदार्थ नियमावली २०५६ ले घटीमा ०.२५ र बढीमा २५० वर्गकिलोमिटरसम्मको क्षेत्र तोक्न सक्ने अधिकार दिएको छ ।
सोही कानुनलाई टेक्दै धातुजन्त खनिज पदार्थको खोजतलास अनुमति पत्रमा ठूलो क्षेत्रफलका लागि माग निवेदन दिने प्रवृत्ति बढेको विभागका जियोलोजिष्ट प्रफुल्ल ताम्राकारले जानकारी दिएका छन् ।
उनका अनुसार विभागबाट सबै क्षेत्रमा भौगर्भिक अध्ययन तथा नक्साङ्कन र खनिज अन्वेषण कार्य प्रारम्भिक रुपमा समेत सम्पन्न भइनसकेका कारण हाललाई धातुजन्य खनिज पदार्थ खोजतलास कार्य गर्न अनुमति माग क्षेत्र सीमित गर्ने निष्कर्षमा पुगिएको हो ।
विभागले अन्वेषणका लागि रोक्का राखेको क्षेत्र समेत सीमित रहेको र अहिले ठूलो क्षेत्रफलमा खोजतलास माग गरी सो अनुमतिपछि क्षेत्र ओगट्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष सरकारको छ । यस कार्यलाई निरुत्साहित गर्न क्षेत्र तोकिएको समेत उनले बताएका छन् ।
प्रतिक्रिया 4