News Summary
Generated by OK AI. Editorially reviewed.- जय ट्रफी क्रिकेटअन्तर्गत आर्मीले एपीएफविरुद्ध पहिलो दिन २५२ रन बनाएर इनिङ समाप्त गरेको छ।
- एपीएफले पहिलो दिन १४०-९ रन बनाएको छ, कप्तान रोहित पौडेल ४८ रनमा खेलिरहेका छन्।
- सोमपाल कामीले ९ ओभरमा ४४ रन दिएर ४ विकेट लिए, युवराज खत्रीले एपीएफका लागि ५ विकेट लिए।
१४ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो दिनको खेल सकिएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिलो दिनको खेल सकिँदा आर्मीले एपीएफविरुद्ध फराकिलो अग्रता कायम गरेको छ । आर्मीले बनाएको २५२ रनको योगफल पछ्याइरहेको एपीएफ दिनको समाप्तिमा १४०-९ को अवस्थामा छ ।
कप्तान रोहित पौडेल १०२ बलमा ४८ रन बनाएर खेलिरहेका छन् । दीपक बोहरा २१ रनमा आउट भए । सुमित महर्जनले १५ रन बनाए । आसिफ शेख र लोकेश बमले समान १४ रन बनाएर आउट भए।
आर्मीका लागि यस प्रतियोगितामा पहिलो खेल खेलिरहेका सोमपाल कामीले ९ ओभरमा ४४ रन दिएर ४ विकेट लिएका छन् । नरेन साउदले २ तथा तृतराज दास र बसिर अहमदले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६८.४ ओभरमा २५२-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । ओपनर तृतराज दासले १०२ रन बनाए भने इमरान शेखले ७१ रन बनाए ।
यी दुई मिलेर शानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १७२ रनको साझेदारी गरेका थिए । दुवै युवराज खत्रीको बलमा बोल्ड भएका थिए । बसिर अहमदले २० तथा कुशल मल्लले १७ रन बनाए ।
एपीएफका लागि युवराजले ५ विकेट लिए । कप्तान रोहित पौडेलले २ विकेट लिए ।
प्रतिक्रिया 4