१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ को निर्वाचनले दुई वटा अतिवादलाई पोषित गर्ने खतरा रहेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले अतिवादबाट देशलाई जोगाउन सचेत हुन मतदाता र कार्यकर्तासँग आग्रह गरे ।
‘निर्वाचनपछिको अवस्थाले दुइटा किसिमको अतिवादलाई पोषित गर्ने खतरा छ,’ सभापति थापाले भने, ‘एउटा अतिवाद भदौ २३ र २४ घटनाको अवमूल्यन गर्छ । त्यो भएको हुँदै होइन भन्छ, त्यो केवल षडयन्त्र हो भन्छ । त्यहाँ युवाहरूको सहभागिता देख्दैन । त्यहाँ असन्तुष्टि व्यक्त भएको देख्दैन ।’
..त्यस्तै प्रकारको अर्को अतिवाद छ । जो मौका छोपेर सिंहदरबार पनि जलाउन लगाउँछ, मौका पर्दैगर्दा आफै जेलबाट पनि भाग्छ ।’ यी दुवै अतिवाद हिजो देखेको बताउँदै उनले त्यो भोलि पनि आउनसक्ने उनले बताए ।
आगामी पाँचवर्षको समय सम्हाल्नुपर्ने उनले बताए । ‘अब कुनै पनि प्रकारको द्वन्द्व नेपालले खेप्न सक्दैन । न जातीय, न धार्मिक, न सहर–पहाडको कुनै पनि बेहोर्नसक्दैन । यो भन्दा बढी घाउ यसले बेहोर्न सक्दैन,’ सभापति थापाले भने । यसलाई सम्हालेर मिलाएर लैजानुपर्ने उनले बताए ।
प्रतिक्रिया 4