+

जय ट्रफी : आर्मी र एपीएफबीचको खेल ‘ड्र’, अपराजित आर्मी फाइनलमा

२०८२ फागुन  १५ गते १८:१५ २०८२ फागुन १५ गते १८:१५
जय ट्रफी : आर्मी र एपीएफबीचको खेल ‘ड्र’, अपराजित आर्मी फाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीचको खेल ड्र भएको छ।
  • त्रिभुवन आर्मीले दोस्रो इनिङमा ३८० रनको अग्रता बनाएको थियो भने एपीएफले २२८ रनमा ७ विकेट गुमाएर हार टारेको थियो।
  • फाइनल खेल चैत २१ देखि २३ सम्म हुने तय भएको छ र लिग चरणमा आर्मी क्लब शीर्षस्थानमा रह्यो।

१५ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट अन्तर्गत त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब बीचको खेल ‘ड्र’ भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले बलियो प्रदर्शन गरेपनि खेल भने ‘ड्र’ भयो ।

दोस्रो इनिङमा त्रिभुवन आर्मी क्लबले ३८० रनको अग्रतासहित ३८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एपीएफले दिनको समाप्तिमा ४७ ओभरमा ७ विकेट गुमाएर २२८ रन बनाउँदै हार टार्‍यो ।

एपीएफका  लोकेश बमले सर्वाधिक ६४ रन बनाए । कप्तान रोहित पौडेलले ३५, दीपक बोहराले ३२ अनि आसिफ शेखले ३१ रन बनाए । सुमित महर्जन पनि ३१ रनमा अविजित रहे ।

आर्मीका नरेन साउदले १७ ओभरमा ७९ रन दिएर ५ विकेट लिए । शाहब आलम र पवन कार्कीले १-१ विकेट लिए ।

त्यसअघि ११२ रनको अग्रतासहित दोस्रो इनिङ सुरु गरेको आर्मीले २६८-८ को अवस्थामा इनिङ घोषणा गर्दै ३८० रनको अग्रता बनाएको थियो । दोस्रो दिन दोस्रो सत्रको उत्तरार्द्धसम्म आर्मीले ब्याटिङ गरेको थियो ।

आर्मीका बसिर अहमदले अविजित १०१ रनको शतकीय पारी खेले । कप्तान विनोद भण्डारीले ६३ रन बनाए । इमरान शेखले ४१ रन बनाए । सोमपाल कामीले २९ रन बनाए ।

एपीएफका कप्तान रोहितले ३ विकेट लिँदा पुरन बिकले २ तथा अभिशेष गौतम, युवराज खत्री र इर्शाद अहमदले १-१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पहिलो दिनमा ६८.४ ओभरमा २५२-९ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । ओपनर तृतराज दासले १०२ रन बनाएका थिए भने इमरान शेखले ७१ रन बनाए ।

यी दुई मिलेर शानदार सुरुवात गर्दै पहिलो विकेटका लागि १७२ रनको साझेदारी गरेका थिए । दुवै युवराज खत्रीको बलमा बोल्ड भएका थिए । बसिर अहमदले २० तथा कुशल मल्लले १७ रन बनाए ।

एपीएफका लागि पहिलो इनिङमा युवराजले ५ विकेट लिए । कप्तान रोहित पौडेलले २ विकेट लिए ।

त्यसपछि जवाफी ब्याटिङमा एपीएफले अलआउट हुँदै १४० रन मात्र बनाउन सक्यो । कप्तान रोहित पौडेलले सर्वाधिक ४८रन बनाए ।

आर्मीका सोमपाल कामीले ४ विकेट लिए । नरेन साउदले २ तथा शाहब आलम, तृतराज दास र बसिर अहमदले १-१ विकेट हात पारे ।

आर्मीले लिग चरणमा ६६ अंक जोडेर शीर्षस्थानमा रह्‍यो भने बागमती प्रदेशलाई हराएको नेपाल पुलिसले ६५.५ अंक जोडेर दोस्रोमा रह्‍यो ।

यी दुईले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल भने ३ दिनको हुनेछ ।

यसअघि फागुन १७-१९ का लागि तय भएको फाइनल खेल आसन्न आम चुनावका कारण सारिएको छ । फाइनल खेल अब चैत २१ देखि २३ सम्म हुनेछ ।

जय ट्रफी क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय