News Summary
Generated by OK AI. Editorially reviewed.- गोलबजार नगरपालिका–२ मा ट्रिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर ४३ वर्षीय सन्तोष साहको मृत्यु भएको छ।
- प्रदेश२–०–०१क ००४५ नम्बरको ट्रिपरको पछिल्लो भाग सफा गर्दा विद्युत् प्रसारण लाइन छोएपछि करेन्ट लागेर आगलागी भएको थियो।
- घाइते साहलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए र शव परीक्षणका लागि अस्पताल पठाइएको छ।
१५ फागुन, सिरहा । यहाँको गोलबजार नगरपालिका–२ स्थित गुरुधाम जाने बाटोमा ट्रिपरको हाइड्रोलिक उठाउने क्रममा करेन्ट लागेर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोलबजार नगरपालिका–३ घर भई वडा नं २ मा बस्दै आएका करिब ४३ वर्षीय सन्तोष साह रहेका छन् ।
आज बिहान करिब ९ः०० बजे प्रदेश२–०–००१क ००४५ नम्बरको ट्रिपरको पछिल्लो भाग सफा गर्ने क्रममा हाइड्रोलिक उठाउँदा माथिबाट गएको विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर ट्रिपरमा आगलागी भएको थियो ।
गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी उपचारका लागि स्थानीय हेल्थ केयर अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो ।
उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया 4