+

जय ट्रफीको फाइनल एक महिना पछाडि सर्‍यो

२०८२ फागुन  १५ गते १८:१२ २०८२ फागुन १५ गते १८:१२
जय ट्रफीको फाइनल एक महिना पछाडि सर्‍यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल फागुन १७-१९ बाट चैत २१-२३ सम्म एक महिना सारिएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान) ले चुनाव र लिग २ सिरिजका कारण फाइनल खेल सारिएको जनाएको छ।
  • त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

१५ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेट प्रतियोगिताको फाइनल खेल एक महिना पछाडि धकेलिएको छ ।

यसअघि फागुन १७-१९ का लागि तय भएको फाइनल खेल आसन्न आम चुनाव तथा त्यसपछि हुने लिग २ सिरिजका कारण सारिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

‘चुनावका कारण सारिएको हो, चुनावपछि लिग २ का खेलहरू छन् । त्यसकारण एक महिना सरेको हो’ क्यानका प्रवक्ता छुम्बी लामाले अनलाइनखबरसँग भने ।

फाइनल खेल अब चैत २१ देखि २३ सम्म हुनेछ । दुईदिवसीय प्रतियोगिता जय ट्रफीको फाइनल खेल तीन दिनको हुने प्रावधान छ ।

उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् ।

जय ट्रफी क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय