+

कोशी प्राइड लिगको मिति धकेलियो, अब चैत ८ बाट सुरु हुने

२०८२ फागुन  १५ गते २०:५६ २०८२ फागुन १५ गते २०:५६
कोशी प्राइड लिगको मिति धकेलियो, अब चैत ८ बाट सुरु हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिगको तेस्रो संस्करण चैत ८ देखि २० गतेसम्म सुनसरीमा हुने भएको छ।
  • प्रतिनिधिसभाको निर्वाचनका कारण प्रतियोगिता मिति फागुन ९ देखि २१ बाट सारिएको आयोजकले जनाएको छ।
  • प्रतियोगितामा सात फ्रेन्चाइज टिमले सहभागिता जनाउनेछन् र नेपाल क्रिकेट संघले नयाँ मिति स्वीकृति दिएको छ।

१५ फागुन, सुनसरी । कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपीएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ ।

विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमै हुनेछ । प्रतिनिधिसभाको निर्वाचनको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति दिएको छ । यसअघि फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । प्रतियोगितालाई कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

प्रतियोगिताको लागि सहभागी टिमले अक्सनबाट समान १२ खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै, हरेक टिमले ड्राफबाट तीन देखि ६ खेलाडीसम्म अनुबन्ध गरेका छन् । अक्सनमा २३२ खेलाडी समावेश थिए । क्याटगोरी ‘ए’ मा ३४, क्याटगोरी ‘बी’ मा ९५ तथा क्याटगोरी ‘सी’ मा १०३ खेलाडी रहेका थिए । २३२ खेलाडी मध्ये ८४ खेलाडी बिक्री भएका हुन् ।

आकाश खड्का मालिक रहेको एभरेष्ट थन्डर्सले राष्ट्रिय टिमका करण केसी, सोमपाल कामी, युवराज खत्री र रञ्जित कुमारलाई ड्राफबाट ल्याउँदा अक्सनबाट नारायण जोशी, आकाश त्रिपाठी, दीपेन्द्र रावत, रोशन विश्वकर्मा, पुजन विक, सलाहुद्धिन खान, सहिल पटेल, प्रज्वल थापा, लोकेश जोशी, भोला कुमार शाह, सिभम तिवारी र रविन्द्र मण्डललाई अनुबन्ध गरेको छ ।

धर्म न्यौपाने मालिक रहेको नमुना ब्लास्टर्सले राष्ट्रिय टिमका नन्दन यादवसहित गौरव कट्वाल र प्रकाश कार्कीलाई ड्राफबाट लिएको छ । यस्तै, अक्सनबाट अमित श्रेष्ठ, विपिन रावल, किरणकुमार ठगुन्ना, दयानन्द मन्डल, विपिन आचार्य, विपिन आचार्य, सन्दीप ढुंगाना, प्रतिक श्रेष्ठ, अभिशेष गौतम, राजु विश्वकर्मा, प्रभात राई, सचिन लेखक र नितेश कुमार यादव छन् ।

कल्पित ढकाल मालिक रहेको इटहरी आदर्श जायन्ट्सले कुशल मल्ल, भुपाल लुइटेल, बिनोद भण्डारी, दिपेश कँडेल र रुपेश सिंहलाई ड्राफबाट अनुबन्ध गर्दा अक्सनबाट अर्जुन कुमाल, अमरसिंह रौटेला, युुनिस विक्रम सिंह ठकुरी, सुनिल धमला, नरबहादुर सार्की, समिर कार्की, आशुतोष घिरैया, श्रवण यादव, आकाश सरार्फ, विकल्प आचार्य, रितेश रोय र समिर तिमल्सिना भित्राएको छ ।

विर्तामोड हिट्सले राष्ट्रिय टिमका अलराउन्डर गुल्शन झा, शेर मल्लसँगै दिनेश अधिकारी, भिम सार्की र अर्जुन साउदलाई ड्राफबाट अनुबन्ध गर्दा सन्तोष यादव, दीपक डुम्रे, विकास आग्री, रविन्द्र जंगशाही, विवेक केसी, बिशाल सुस्लिङ, सार्थक धिताल, अशोक धामी, राजेन्द्र बम, आयुष न्यौपाने, रुपक बराल र रोशन साउदलाई अक्सनबाट अनुबन्ध गरेको छ । टिमको मालिकमा अनुराग प्रमानिक हुन् ।

त्यस्तै, संजोक राणा मालिक रहेको पुर्वेली सुपर किंग्स ड्राफबाट ललित राजवंशी, मोहम्मद आदिल आलम, अर्जुन घर्ती, तृतराज दास, दिवन पुन र भरत कार्कीलाई अनुबन्ध गर्दा अक्सनबाट नरेन साउद, रिजन ढकाल, मयन यादव, आदिल खान, बिशाल पटेल, इमरान शेख, चिराग शाह, दिपक पास्वन, सोनु शर्मा, अभिषेक कार्की, मोहम्मद समिर र अभिषेक शर्मालाई टिममा समावेश गरेको छ ।

मोहम्मद सेराज अन्सारी मालिक रहेको बिएन कोशी अर्नासले फिर्दाेस अन्सारी, सुजन थपलिया, सन्तोष कार्की र भुवन कार्कीलाई ड्राफमा तानेको छ । शंकर राना, विपिन खत्री, हिमांशु दत्त, दिपेश श्रेष्ठ, शाकिव हक, सुमित श्रेष्ठ, कमल गुप्ता, लोकेन्द्र बहादुर चन्द, जोसक खड्का, कमललुद्धिन मियान, शिभान यादव र अफन ताहिरलाई अक्सनबाट अनुबन्ध गरेको छ ।

गोर्खा एभेन्जर्सबाट कोशी प्राइड लिगमा शाहव आलम, बसिर अहमद, पवन सरार्फ, रसिद खान र देव खनाल खेल्दैछन् । सबै खेलाडी ड्राफका हुन् । यता, अक्सनबाट दिपक बोहरा, आकाश चन्द, शुभ कंसकार, दुर्गेश गुप्ता, अयजकुमार चौहान, उत्तम रंगु थापामगर, सन्दीप बहादुर रजाली, तुलबहादुर थापा, विक्रम खड्का, सन्दीप मौर्या, राजु भुसाल र रौनक श्रीवास्तव छन् ।

कोशी प्राइड लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय