+

आईपीएल क्रिकेट दुई दिन ढिला सुरु हुने, तालिकाबारे आगामी साता छलफल

२०८२ फागुन  १६ गते ८:१५ २०८२ फागुन १६ गते ८:१५
आईपीएल क्रिकेट दुई दिन ढिला सुरु हुने, तालिकाबारे आगामी साता छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इन्डियन प्रिमियर लिग २०२६ मार्च २८ बाट सुरु हुने भएको छ र फाइनल मे ३१ मा हुनेछ भने तालिका सार्वजनिक गर्ने निर्णय आगामी साता हुनेछ।
  • आईपीएल तालिका सार्वजनिक गर्न ढिलाइको कारण आसाम, पश्चिम बंगाल र तमिलनाडुमा हुने प्रदेशसभा निर्वाचनको मिति घोषणा नभएको हो।
  • रोयल च्यालेन्जर्स बेङ्गलुरुले आफ्नो घरेलु मैदानमा खेल्ने वा अन्यत्र सार्ने विषयमा छलफल गरिरहेको छ र वैकल्पिक मैदानका रूपमा नवी मुम्बई, रायपुर र पुणे छनोट गरेको छ।

१६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ यसअघि तोकिएकोभन्दा दुई दिन ढिला सुरु हुने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यसअघि मार्च २६ बाट प्रतियोगिता सुरु गर्ने जानकारी फ्रेन्चाइजहरूलाई दिएको भए पनि अब मार्च २८ बाट सुरु गर्ने आन्तरिक निर्णय गरेको समाचार संस्था क्रिकइन्फोमा उल्लेख छ । फाइनल भने मे ३१ मा हुनेछ ।

आईपीएल गभर्निङ काउन्सिलले आगामी साता बस्ने बैठकमा तालिका सार्वजनिक गर्नेबारे अन्तिम निर्णय गर्नेछ । आसाम, पश्चिम बंगाल र तमिलनाडुमा हुने प्रदेशसभा निर्वाचनको मिति घोषणा नभएकाले तालिका सार्वजनिक गर्न ढिलाइ भएको हो ।

कोलकाता र चेन्नई क्रमशः कोलकाता नाइट राइडर्स (केकेआर) र चेन्नई सुपर किंग्स (सीएसके) का घरेलु मैदान हुन् भने गुवाहाटी राजस्थान रोयल्स (आरआर) को दोस्रो घरेलु मैदान हो ।

यसअघि सन् २००९, २०१४, २०१९ र २०२४ मा आम निर्वाचन हुँदा आईपीएलको तालिका दुई चरणमा सार्वजनिक गरिएको थियो । यसपटक पनि त्यही मोडेल अपनाउने वा निर्वाचन आयोगले मिति घोषणा गरेपछि मात्र पूर्ण तालिका सार्वजनिक गर्ने भन्नेबारे काउन्सिलले निर्णय गर्नेछ ।

उद्घाटन खेल साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले खेल्ने भएकाले खेल कहाँ आयोजना गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । गत वर्ष बेङ्गलुरुको एम चिन्नास्वामी रंगशालामा आरसीबीको उपाधि उत्सवका क्रममा भागदौड मच्चिँदा ११ दर्शकको मृत्यु भएको थियो । त्यसपछि आरसीबीले कर्नाटक राज्य क्रिकेट संघसँग आफ्ना सात घरेलु खेल सोही मैदानमा खेल्ने वा अन्यत्र सार्ने विषयमा छलफल गरिरहेको छ ।

आरसीबीले वैकल्पिक मैदानका रूपमा नवी मुम्बई, रायपुर र पुणेलाई छनोट गरेको जनाएको छ ।

आईपीएल क्रिकेट आईपीएल २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय