१६ फागुन, काठमाडौं । कतार सरकारले देशवासीलाई अवस्था सामान्य नभएसम्म घरभित्रै बस्न आग्रह गरेको छ ।
आन्तरिक मन्त्रालयले गरेको पछिल्लो अपडेटअनुसार, इरानी आक्रमणको बीचमा देशका नागरिक तथा बासिन्दाहरूलाई ‘घरभित्रै बस्न’ आग्रह गरेको हो ।
सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा मन्त्रालयले भनेको छ, ‘झ्याल र खुला ठाउँहरूबाट टाढा रहनुहोस्, र अवस्था सामान्य नहुन्जेल अति आवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कनुहोस् ।’
नेपाली समयअनुसार राति ९:४० तिर कतारको दोहामा तीन ठूला विस्फोटनका आवाज सुनिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4