News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको ३ लाख १४ हजार ९ सय रुपैयाँभन्दा ५ हजार १ सय रुपैयाँले बढेको छ।
- चाँदीको भाउ पनि २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँ पुगेको छ।
१७ फागुन, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ । मध्यपूर्वमा देखिएको तनावका कारण सोमबार सुनको भाउ थप बढ्न सक्ने अनुमान गरिएको छ ।
सुनसँगै चाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला २४५ रुपैयाँ बढेर ५ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4