+
+
Shares

शिखर पावर डेभलपमेन्टको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिखर पावर डेभलपमेन्ट कम्पनीले ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ।
  • सर्वसाधारण समूहका लागि १८ लाख ४२ हजार ६ सय कित्ता सेयर बिक्री खुला गरिएको छ र आवेदन फागुन २६ देखि चैत १ गतेसम्म दिन सकिनेछ।
  • कम्पनीले बागलुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना सञ्चालनमा ल्याएको छ र इक्रा नेपालले बीबी रेटिङ प्रदान गरेको छ।

६ माघ, काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीले आम सर्वसाधारणका लागि (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारमा रहेकालाई सेयर बाँडफाँट गरी सर्वसाधारणका लागि आइतबारदेखि बिक्री खुला गरेको हो।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । सर्वसाधारण समूहमा निष्कासन हुने ३२ लाख कित्तामध्ये वैदेशिक रोजगारमा रहेका, प्रभावित, कर्मचारी, म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । छिटोमा फागुन २६ र ढिलोमा चैत १ गतेसम आवेदन दिन सकिनेछ ।

यस कम्पनीले बागलुङमा ४.९६ मेगावाटको भीमखोला स्मल हाइड्रोपावर आयोजना बनाएर सञ्चालनमा ल्याएको छ । सो आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा छ ।

आर्थिक वर्ष २०८१/८२ को अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १३ पैसा छ । प्रतिसेयर आम्दानी ३.६९ रुपैयाँ ऋणात्मक छ । इक्रा नेपालले कम्पनीलाई बीबी रेटिङ प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?