+
+
Shares

जीसीसीका विदेश मन्त्रीहरूको आकस्मिक भिडियो सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १६:३१

१७ फागुन , काठमाडौं । गल्फ कर्पोरेशन काउन्सिल (जिसिसि) का विदेश मन्त्रीहरूले आज एउटा आकस्मिक भिडियो कन्फरेन्स आयोजना गर्ने भएका छन् ।

अल जजिरालाई प्राप्त जानकारी अनुसार, इरान र इजरायल–अमेरिकाबीच बढ्दो सैन्य तनावका बीच यो बैठक बोलाइएको हो ।

६ वटा अरब राष्ट्रहरू बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स सदस्य रहेको यस राजनीतिक र आर्थिक गठबन्धनले क्षेत्रीय सुरक्षा र ऊर्जा बजारमा पर्न सक्ने प्रभावका बारेमा छलफल गर्ने बताइएको छ ।

विशेषगरी बहराइनमा रहेका सैन्य आधार शिविरहरू नजिकै इरानी मिसाइल प्रहार भएपछि यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?