१७ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याप्रति गहिरो दु:ख व्यक्त गर्दै इरानी सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन् ।
रुसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार राष्ट्रपति पुटिनले खामेनीको निधनलाई एक ‘निन्दनीय हत्या’ को संज्ञा दिएका छन् ।
उनले यस घटनाले मानवीय नैतिकताका सबै मापदण्ड र अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन गरेको बताउँदै यसको कडा शब्दमा भर्त्सना गरेका छन् ।
मस्कोले यसअघि नै मध्यपूर्वमा भइरहेको अमेरिकी र इजरायली सैन्य हस्तक्षेपको विरोध गर्दै आएको सन्दर्भमा पुटिनको यो कडा बयान आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4