News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपको डिजिटल प्लाटफर्ममा शीर्ष ३ भित्र पर्न सफल भएको छ।
- आईसीसीका डिजिटल प्रमुख फिन ब्राडशले नेपाल पहिलोपटक शीर्ष तीन बजारहरूमा प्रवेश गरेको देख्नु उत्साहजनक भएको बताए।
- नेपालले विश्वकप समूह चरणमा इंग्ल्यान्डसँग शानदार प्रदर्शन गर्दै अन्तिम खेलमा स्कटल्यान्डलाई हराएको थियो।
१७ फागुन, काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको डिजिटल प्लाटफर्ममा नेपाल शीर्ष ३ भित्र पर्न सफल भएको छ ।
आईसीसी डिजिटल प्लाटफर्ममा नेपाल तेस्रो स्थानमा समावेश भएको आईसीसीका डिजिटल प्रमुख फिन ब्राडशले एचटीले जानकारी दिए ।
‘नेपाल पहिलोपटक हाम्रा शीर्ष तीन बजारहरूमा प्रवेश गरेको देख्नु उत्साहजनक भएको छ, जसले उनीहरूको टोली पछाडिको जोश र गतिलाई रेखांकित गर्दछ,’ उनले भने ।
जारी विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो ।
अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै नेपालले विश्वकपमा सुखद अन्त्य गरेको थियो ।
मुम्बईको वानखेडे स्टेडियममा भएको समूह चरणका ४ खेलमा ७५ हजारभन्दा बढी दर्शक सहभागी भएको आइसीसीको तथ्यांक छ ।
प्रतिक्रिया 4