News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका क्रममा इन्धन आपूर्ति सहज बनाउन सार्वजनिक बिदाका दिनमा कार्यालय खुला राख्ने भएको छ।
- सरकारले २० देखि २२ फागुनसम्म सार्वजनिक बिदा दिने निर्णय गरेपछि निगमले कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका कार्यालय खुला राख्ने व्यवस्था गरेको छ।
- धनुषा, नेपालगञ्ज, झापा र वीरगञ्जका डिपो तथा शाखा कार्यालय पनि बिदाका दिनमा खुला रहने र सम्पर्क नम्बर सार्वजनिक गरिएको निगमले जनाएको छ।
१७ फागुन, काठमाडौं । नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ ।
सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न निगमले यस्तो विशेष व्यवस्था गरेको हो ।
निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहने छ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते सञ्चालनमा आउने छ ।
त्यसैगरी बाग्मती प्रादेशिक कार्यालय थानकोटले बिदाकाे दिन १८ फागुनमा पेट्राेलियम पदार्थ बिक्री गर्ने छ भने २० र २३ गते खुला रहने छ । उताऽ गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ मा खुला रहनेछन् । लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा भने फागुन १७, १८, २० र २३ गते सञ्चालन हुने निगमले जनाएको छ ।
यसैगरी कर्णाली प्रादेशिक कार्यालय सुर्खेत फागुन १८ र २० गते तथा सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी फागुन १९, २० र २२ गते खुला रहने व्यवस्था मिलाइएको छ ।
अन्य डिपो तथा शाखाका हकमा धनुषा महेन्द्रनगर इन्धन डिपो फागुन २२ र २४ गते, नेपालगञ्ज डिपो २० र २२ गते, झापा चारआली शाखा २२ र २४ गते तथा वीरगञ्ज शाखा कार्यालय फागुन २०, २२, २३ र २४ गते खुला रहनेछन् ।
इन्धन आपूर्ति र वितरण क्रममा कुनै समस्या आए वा समन्वय गर्नुपरे निगमले प्रत्येक कार्यालयका लागि जिम्मेवार अधिकारी र उनीहरूको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।
प्रतिक्रिया 4