+

चेल्सीलाई हराएपछि शीर्षस्थानको आर्सनललाई पाँच अंकको अग्रता

२०८२ फागुन  १८ गते ८:०७ २०८२ फागुन १८ गते ८:०७
चेल्सीलाई हराएपछि शीर्षस्थानको आर्सनललाई पाँच अंकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्सनलले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा पाँच अंकको अग्रता कायम गरेको छ।
  • खेलमा आर्सनलले दुवै गोल कर्नरबाट गर्यो, पहिलो गोल मामादु सारको हातमा लागेर र दोस्रो गोल जुरियन टिम्बरको हेडरबाट भयो।
  • चेल्सीका पेड्रो नेटोले ७०औं मिनेटमा दोहोरो पहेँलो कार्डपछि रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो।

१८ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले १० खेलाडीमा सीमित चेल्सीलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा पाँच अंकको अग्रता कायम गरेको छ। एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दुवै गोल कर्नरमार्फत गरेको थियो।

खेलको २१औं मिनेटमा बुकायो साकाको कर्नरमा गाब्रिएल मागाल्हाएसले हेडर गर्दै बल विलियम सालिबातर्फ फर्काएका थिए। सालिबाको हेडर मामादु सारको हातमा लाग्दै गोलमा परिणत हुँदा आर्सनलले अग्रता लिएको थियो।

पहिलो हाफको अन्त्यतिर ४४औं मिनेटमा रीस जेम्सको कर्नरमा पिएरो हिन्कापिएबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

दोस्रो हाफमा आर्सनलले फेरि कर्नरबाटै अग्रता लियो। ५८औं मिनेटमा डेक्लान राइसको कर्नरमा जुरियन टिम्बरले हेडर गोल गर्दै टोलीलाई २–१ ले अघि बढाए। यो सिजन आर्सनलको कर्नरबाट भएको १६औं गोल हो।

७०औं मिनेटमा पेड्रो नेटोले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भयो। अन्तिम समयमा चेल्सीका लियाम डेलापले बल जाली चुमाए पनि जोआओ पेड्रो अफसाइड भएकाले गोल मान्य भएन।

यस जितसँगै आर्सनल २९ खेलमा ६४ अंकसहित शीर्षस्थानमा छ । एक खेल  कम खेलेको सिटी ५९ अंकसहित दोस्रो स्थानमा छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग चेल्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय