+
+
Shares

चीनले बनायो क्यामेरा बाहिर निकाल्न मिल्ने स्मार्टफोन

गेमिङ, मल्टिटास्किङ र उच्च गुणस्तरको भिडियो रेकर्डिङमा प्रयोगकर्ताले राम्रो अनुभव पाउने अनुमान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ कम्पनी युलेफोनले मोबाइल वर्ल्ड कंग्रेस २०२६ मा रगवन एक्सस्न्याप ७ प्रो नामक स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ।
  • यो फोनको विशेषता यसको म्याग्नेटिक डिटेचेबल क्यामेरा हो, जसलाई फोनबाट छुट्याएर एक्शन क्यामेराजस्तै प्रयोग गर्न सकिन्छ।

मोबाइल प्रविधिको सबैभन्दा ठूलो प्रदर्शनी मोबाइल वर्ल्ड कंग्रेस २०२६ का क्रममा यसपटक स्मार्टफोन उद्योगमा अनौठो आविष्कार देखिने भएको छ ।

उक्त प्रदर्शनीमै चिनियाँ प्रविधि कम्पनी युलेफोनले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ । ‘युलेफोन रगवन एक्सस्न्याप ७ प्रो’ नामक उक्त फोन संसारकै पहिलो यस्तो स्मार्टफोन हुनेछ, जसको क्यामेरालाई फोनबाट बाहिर निकालेर एक्शन क्यामेराजस्तै गरी प्रयोग गर्न सकिन्छ ।

कम्पनीले सार्वजनिक गरेको टीजर र प्रेस विज्ञप्तिअनुसार सोमबार मार्च २ देखि बार्सिलोनामा सुरु हुने मोबाइल वर्ल्ड कंग्रेसमा यो फोन स्तुत हुन सक्नेछ । अहिलेसम्म बजारमा शक्तिशाली क्यामेरा भएका थुप्रै स्मार्टफोन आए पनि क्यामेरालाई नै फोनबाट अलग गरेर स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्ने सुविधा भने पहिलोपटक देखिन लागेको हो।

डिट्याचेबल क्यामेराको नयाँ अवधारणा

‘युलेफोन रगवन एक्सस्न्याप ७ प्रो’ को सबैभन्दा ठूलो विशेषता भनेको यसको म्याग्नेटिक डिटेचेबल क्यामेरा हो । यो क्यामेरा करिब औँलाको नङ जत्रो सानो मोड्युल हुने र सजिलै फोनबाट छुट्याउन सकिने बताइएको छ । कम्पनीले यो मुख्य क्यामेरा हो वा सहायक सेन्सर हो भन्ने अझै स्पष्ट पारेको छैन ।

फोनबाट अलग भएपछि यसलाई सानो एक्शन क्यामेराजस्तै प्रयोग गर्न सकिनेछ । फोटो वा भिडियो खिच्दा स्मार्टफोनको स्क्रिनलाई रिमोट मोनिटरको रूपमा प्रयोग गर्न सकिने सुविधा पनि हुनेछ । जानकारीअनुसार यस क्यामेरामा सानो ब्याट्री रहनेछ, जसले करिब ३० मिनेटसम्मको ब्याकअप दिन सक्छ ।

डिस्प्ले र डिजाइन

फोनमा ६.६७ इन्चको १.५ के रिजोल्युसन भएको एमोलेड डिस्प्ले रहनेछ । १२० हर्ज रिफ्रेस रेट सपोर्ट हुने भएकाले स्क्रोलिङ, गेमिङ र भिडियो हेर्ने अनुभव अझै स्मूथ र आकर्षक हुने अपेक्षा गरिएको छ।

यस स्मार्टफोनमा मेडियाटेकको डाइमेन्सिटी ८४०० फाइभ जी प्रोसेसर प्रयोग गरिनेछ । यो चिपसेट मध्यम तथा प्रिमियम सेग्मेन्टमा ससक्त कार्यक्षमताका लागि चिनिन्छ । गेमिङ, मल्टिटास्किङ र उच्च गुणस्तरको भिडियो रेकर्डिङमा प्रयोगकर्ताले राम्रो अनुभव पाउने अनुमान गरिएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ भने ६४ मेगापिक्सेलको नाइट भिजन क्यामेरा पनि समावेश हुने बताइएको छ, जसले कम प्रकाशमा फोटो खिच्न सहयोग गर्नेछ । यसमा ९ हजार मिलीएम्पियर आवर क्षमताको ठूलो ब्याट्री दिने तयारी गरेको छ । यति ठूलो ब्याट्री सामान्य स्मार्टफोनमा कमै देखिने भएकाले लामो समयसम्म चार्जको झन्झटबिना प्रयोग गर्न सकिनेछ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?