+
+
Shares

‘नेपाल आइडल जुनियर’ प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आइडलले अब 'नेपाल आइडल जुनियर' शीर्षकमा टिभी रियालिटी शो प्रसारण गर्ने घोषणा गरेको छ।
  • डिजिटल अडिसनबाट छनोट भएका प्रतिभालाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ।
  • निर्णायकमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी रहनेछन् र कार्यक्रम अप्रिल पहिलो सातादेखि एपी वान टेलिभिजनबाट प्रसारण हुनेछ।

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’ ले अब जुनियर संस्करण पनि प्रसारण गर्ने भएको छ । ‘नेपाल आइडल जुनियर’ शीर्षकमा कार्यक्रमको औपचारिक घोषणा भएको छ ।

अहिले डिजिटल अडिसन सञ्चालन भइरहेको जनाइएको छ । डिजिटल अडिसनबाट छनोट भएका प्रतिभालाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइनेछ ।

आयोजित पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।

यस सिजनको निर्णायकमा सुगम पोखरेल, सुवानी मोक्तान र अस्मिता अधिकारी हुनेछन् । प्रस्तोतामा पूर्वमिस नेपाल अर्थ सरिशा श्रेष्ठ र गायक महेश काफ्ले हुनेछन् ।

‘नेपाल आइडल’ ले सन् २०१७ बाट यात्रा थालनी गरेको थियो । अहिलेसम्मका विजेतामा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर, करण परियार र गङ्गा सोनम छन् ।

‘नेपाल आइडल जुनियर’ को भोटिङ पार्टनरका रूपमा खल्ती एप छ । प्रसारण एपी वान टेलिभिजनबाट हुनेछ । कार्यक्रम अप्रिल पहिलो सातादेखि प्रसारण हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?