+
+
Shares

घिमिरेको दाबी- मेरो जित सुनिश्चित भइसक्यो, परिणामको पर्खाइ मात्रै बाँकी

‘घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको रेस्पोन्स, ठाउँ ठाउँमा गरिएका स्वागत, एमालेमाथिको बढ्दो भरोसा र दरिलो संगठनका कारण मेरो जित सुनिश्चित भएको निष्कर्षमा पुगेको छु’, घिमिरेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते २०:२१

१८ फागुन, काठमाडौं । नेकपा एमालेबाट झापा- २ मा प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्व सभामुख देवराज घिमिरेले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । सोमबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभामुख घिमिरेले जित सुनिश्चित भइसकेकाले अब परिणामको पर्खाइ मात्रै बाँकी रहेको बताएका हुन् ।

‘घरदैलो अभियानका क्रममा मतदाताबाट प्राप्त भएको रेस्पोन्स, ठाउँ ठाउँमा गरिएका स्वागत, एमालेमाथिको बढ्दो भरोसा र दरिलो संगठनका कारण मेरो जित सुनिश्चित भएको निष्कर्षमा पुगेको छु’, घिमिरेले भने ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा-२ बाटै उम्मेदवार रहेका उनी २८ हजार ६९७ मतसहित जितेका थिए । कार्यकाल पूरा नहुँदै जेनजी आन्दोलनका क्रममा संसद् विघटन हुँदा आफूले थालेका काम अधुरा रहेकाले फेरि उम्मेदवार हुनुपरेको उनले बताए ।

यो निर्वाचन देशको भविष्यसँग जोडिएकाले जनताले एमाले र आफूलाई जिताउने घिमिरेले दाबी गरे । ‘एउटा चिन्हमा छाप लगाउने कुरा मात्र होइन । बरु देशको भविष्य र समृद्धिको संकल्प गर्ने अवसर पनि हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?