१९ फागुन, काठमाडौं । पछिल्लो समय कागतीको भाउमा भारी वृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले कागतीको भाउ निरन्तर उकालो लागेको देखाएको हो ।
एक महिना अवधिमा थोकमै कागतीको मूल्य १६१.११ प्रतिशत बढेको छ ।
तथ्यांक अनुसार १९ माघमा कागती प्रतिकिलो औसत ९० रुपैयाँमा किनबेच भएको थियो । १९ फागुन आइपुग्दा भने कागती थोकमै औसत १६१.११ प्रतिशतले बढेर प्रतिकिलो २ सय ३५ रुपैयाँ कायम छ ।
पुस दोस्रो साता भने कागती प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4