१९ फागुन, काठमाडौं । मध्यराति रौतहटको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियामा लुटपाट गर्न खोजेको आरोपमा सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षकै रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् ।
उनीरूलाई सशस्त्र प्रहरी बल नेपाल निर्वाचन क्षेत्र सुरक्षा बेस सन्तपुरको स्ट्राइकिङ टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले राजदेवी नगरपालिका–८ बस्ने धमेन्द्र राय यादब र उनको श्रीमती चन्चला यादव सवार मोटरसाइकल रोकेर चन्चलाले लगाएको गहना लुटपाट गर्न खाजेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
पक्राउ परेका दुवै जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4