२७ माघ, काठमाडौं । ६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवलदार सहित चार जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
‘प्रहरी हवलदार सहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ एसएसपी खड्काले अनलाइनखबरसँग भने ।
‘सस्तो दरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4